
काठमाडौं- एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। बिहीबार क्यानले इन्दु वर्माको कप्तानीमा प्रारम्भिक टोलीको घोषणा गरेको हो।
आगामी १९ जुलाईबाट श्रीलंकामा सुरु हुने प्रतियोगिताका लागि करुणा भण्डारीले राष्ट्रिय टिममा पुनरागमन गर्दा सावित्री धामी र हेलिसा गुरुङ नयाँ खेलाडीका रुपमा प्रारम्भिक टोलीमा स्थान बनाउन सफल भए।
यस्तो छ नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ।