
काठमाडाैँ- अनर कम्पनीकाे नेपालका लागि आधिकारिक बिक्रेता सेलट्रोन नेपाल ले अनर म्याजीक ६प्राेकाे प्रि-बुकिङ जारी गरेकाे छ।
अनर म्याजिक शृंखलाको फ्ल्यागशिप लाइनअपमा सबैभन्दा नयाँ थपिएको अनर म्याजीक ६प्राेमा फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन, र एआई-संचालित रहेकाे कम्पनीले जनाएकाे छ।
मे २१ बाट सुरू भएकाे याे बुकिङ ३१ मे सम्म जारी रहनेछ। अनर म्याजीक ६प्राेमा एआईद्वारा सञ्चालित Falcon क्यामेरा प्रणाली रहेकाे छ।
अनर म्याजीक ६प्राेमा रहेकाे HONOR AI मोशन सेन्सिङ क्याप्चरले खेलकुद र दौडहरूमा रोमाञ्चक क्षणहरू खिच्नका लागि उत्तम बनाउँदै जम्पिङ, डान्सिङ र मार्शल आर्टजस्ता खेलकुद र गतिविधिहरूको फराकिलो दायरा समेटेर उच्च गुणस्तरको तस्बिरहरु खिच्ने कम्पनीले दाबी गरेकाे छ।
थप याे स्मार्ट फाेनले नयाँ क्यामेरा प्रणालीले 2.5x अप्टिकल जुम लिने र 100x डिजिटल जुम सम्मको १८० एमपी टेलिफोटो क्यामेरा लेन्स (f/2.6, OIS) रहेकाे छ।
अनर म्याजीक ६प्राेमा ५० एम पी अल्ट्रा वाइड क्यामेरा रहेकाे छ। याे स्मार्ट फाेनमा NanoCrystal Shield डिस्प्ले रहकाे कम्पनीले जनाएकाे छ।
अनर म्याजीक ६प्राेमा 4320Hz PWM Dimming, Dynamic Dimming, Customizable Circadian Night Display, र Nature Tone सुविधा सहित ६.८-इन्च अखिल-रेन्ज कम-पावर LTPO आई डिस्प्ले समावेश रहेकाे छ।
क्रस उद्योग नवाचार द्वारा संचालित रहेकाे याे स्मार्ट फाेनमा CPU कार्यसम्पादनमा ३०% सुधार ल्याउँने र नयाँ उपकरणहरूमा GPU कार्यसम्पादनमा २५% वृद्धि गर्ने कम्पनीले जानकारी दिएकाे छ।
अनर म्याजीक ६प्राेमा सिलिकन-कार्बन ब्याट्री रहेकाे छ। कम्पनीका अनुसार विद्युतीय सवारी (EV) उद्योगबाट प्रेरणा लिएर, HONOR ले अनर म्याजीक ६प्राेमा मा सबै नयाँ HONOR दोस्रो पुस्ताको सिलिकन-कार्बन ब्याट्री HONOR E1 र ऊर्जा दक्षता वृद्धिको लागि ब्याटर व्यवस्थापन चिपसेट ल्याएको छ।
अनर म्याजीक ६प्राेमा ५ हजार ६०० एमएचकाे ब्याट्री रहेकाे छ। ग्राहकहरुले थप यसमा ८०W HONOR वायर्ड सुपरचार्ज र ६६W HONOR वायरलेस सुपरचार्ज पाउने छन। जुन चार्जरले गर्दा ४० मिनेटमा १००% फाेन चार्ज हुने कम्पनीले दाबी गरकाे छ।
Magic Capsule र Magic Portal जस्ता AI विशेषताहरुका कारण HONOR Magic6 Pro ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ।
कम्पनीका अनुसार म्याजिक क्याप्सूलले स्क्रिनको शीर्षमा सूचना ब्यानरमा एक साधारण ट्यापको साथ थप जानकारी र सम्बन्धित विकल्पहरू प्रदान गर्न विस्तार गर्दछ।
याे स्मार्ट फाेन कालो र एपी ग्रीन गरि दुई रंगहरुमा उपलब्ध हुनेछ। १२+५१२ जीबी स्टाेरेज रहेकाे अनर म्याजीक ६प्राेकाे मूल्य १लाख ५९ हजार ९९९ रहकाे छ।
फोन प्रि-अर्डर गरेका ग्राहकहरूले रु. २१,९९०/- मूल्यको HONOR Watch 4 नि: शुल्क प्राप्त गर्नेछन् साथै VIP कार्ड पनि प्राप्त हुनेछ जसमा १ वर्षको लागि नि: शुल्क सेवाहरू, HONOR मोडेल मा छुट र अन्य धेरै सुविधाहरू पाउने कम्पनीले जनाएकाे छ।