प्रधानाध्यापक संघको २५ सदस्यीय जिल्ला कार्यसमिति गठन

प्रधानाध्यापक संघको २५ सदस्यीय जिल्ला कार्यसमिति गठन
+
-

मुगु – मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकले आफ्नो पेशागत हक हित र संरक्षणका लागि प्रधानाध्यापक संघ गठन गरेका छन्।

प्रिन्सिपल एशोसिएसन अफ नेपाल (पान)केन्द्रीय समितिको निर्देशनअनुसार आज मुगुमा पनि पान जिल्ला कार्यसमिति गठन गरिएको हो।

जिल्ला सदरमुकाम गमगढीस्थित जिल्लाकै नमुना विद्यालय महाकाली नमुना माध्यमिक विद्यालयको आयोजनामा शनिवार जिल्ला भरिका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक भेला भएका थिए।

भेलाले महाकाली माध्यमिक विद्यालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा विर्खबहादुर बढुवाल,सचिवमा सुवास रावल,कोषाध्यक्षमा रन्जिता कर्ण मल्लिक,सहसचिवमा नरेश शाहिसहित २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्मत निर्वाचित भएको अध्यक्ष खड्क बहादुर रोकायाले बताएका छन्।

भेलाले जिल्लाका चार पालिकामा पनि पालिका स्तरिय समिती गठनका लागि संयोजक तोकेको छ।

जस अनुसार सोरु गाउपालिकाको लागि राज बहादुर मल्ल,खत्याड गाउपालिकाको लागि टंक संज्याल,मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्र प्रकाश बढुवाल संयोजक छन्।

उदघाटन कार्यक्रमका अध्यक्ष एव जिल्ला समिती गठनका लागि पानले तोकेको मुगु संयोजक खडक बहादुर रोकायाले पानको स्थापनाको आवश्यता,औचित्य,उदेश्य,गर्ने कृयाकलाप बारे सहभागी प्रअ तथा अथितिहरुलाइ प्रोजेक्टर मार्फत जानकारी गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?