
काठमाडौं- टी-२० विश्वकप अघिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाललाई क्यानडाले जितका लागि १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ग्रान्ड प्रायरी क्रिकेट स्टेडियम डालसमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको हो। उसका लागि निकोलस क्रिटनले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दा नभनित धलिवालले ३२ रनको इनिङ खेलेका थिए। त्यस्तै रभिनदरपाल सिंहले ४१ रन बनाउँदा दिलन हेलिघरले १३ रन बनाए।
नेपालका लागि अभिनास बोहराले २ विकेट लिंदा करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान १-१ विकेट लिएका थिए। नेपाल केही समयपछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।