देशसञ्चार चौतारी : भाग-४६

‘थाङ्का बनाउने चलन नेपालबाटै तिब्बत पुगेको हो’

+
-

काठमाडौँ- थाङ्का कलाकार कर्साङ लामा यसपटक देशसञ्चार चौतारीको अतिथि बनेका छन्। उनले देशसञ्चार सहकर्मीहरुसँग आफूले थाङ्का सिर्जनाका क्रममा व्यहोरेका अनुभवहरु बाँडेका छन्।

थाङ्का दुइटा प्रयोगमा आउने उनले बताए। जन्मकुण्डलीअनुसार थान्का बनाइन्छ भने कतिजनाले आफूलाई मन पर्ने देवीदेवतीको थाङ्का बनाउन खोज्छन्।

आफूले सात वर्षसम्म लगाएर एउटै थान्का बनाएकोसमेत उनले बताए। थाङ्का कलाकारले अहिले सिर्जना र लगनको मूल्य पाउने गरेको उनले बताए।

उनले ५० हजार रुपैयाँ मूल्यभन्दा कमको थाङ्का भने प्रयोग गर्न लायक नहुने पनि बताए।  कर्साङको परिवार नौ पुस्तादेखि थाङ्का सिर्जनामा लागेको भए पनि यो पुस्तैनी निरन्तरतामा उनकै पालादेखि असर पर्ने देखिएको उनी बताउँछन्।

थाङ्कामा निर्वाण प्राप्त गरेकोजस्ता थुप्रै कथाहरु लेखिने उनले बताए। नेपालमा ११ औँ शताब्दीदेखि नै थाङ्का बनाउन थालिएको र यो कला नेपालबाटै तिब्बततर्फ गएको उनले बताए।

कतिपय शैली चिनियाँ तथा तिब्बती संस्कृतिबाट लिइएको भए पनि थाङ्का नेपालकै मौलिक परम्परा भएको कर्साङले बताए।  बौद्ध दर्शनका पुस्तकहरु पढेर त्यसलाई थाङ्कामा रुपान्तरण गरिने उनले बताए।

बौद्ध तन्त्रलाई १३९ वटा थाङ्कामा रुपान्तरण गरिएको जानकारी उनले दिए। सिल्करोडबाट थाङ्का विश्वका विभिन्न भागमा फैलिएको उनले बताए।

सिन्धुपाल्चोकको गाउँमा जन्मेका कर्साङका घर तथा मावलीतर्फ थाङ्का बनाउने नै पेसा रहेको बताए। ‘म सानैमा थाङ्का बनाउन मामाघर गएँ र थुप्रै सिर्जनाहरु बनाएँ

विस्तारै आफूले काठमाडौँमा थाङ्का सिर्जना सुरु गरेको र पछि आफैँ यस व्यवसायमा लागेको उनले बताए।

आफूले कुनै समयमा २५० जनासम्मलाई थाङ्का निर्माणको सिप सिकाएको उनले बताए।

विश्वका अधिकांश देशमा आफूले थाङ्का प्रदर्शनी गरेको भए पनि नेपालमै भने अहिलेसम्म प्रदर्शनी नगरेको उनले बताए।

आफूले बनाएको थाङ्का ४ करोड रुपैयाँसम्म बिक्री भएको उनले बताए।  थाङ्काको अहिले विश्वभरिमा नै व्यापक माग भएको उनले बताए।

ठमेलमा कपी गरे‍र बनाइने थाङ्का चाहिँ थाङ्का नभई चित्रमात्र भएको उनले बताए। ‘साँच्चैको थाङ्का बनाउन १ महिनादेखि ७ वर्षसम्म लाग्छ,’ उनले भने।

नेपालमा थाङ्काको व्यापार पछिल्लो समयमा बढेको पनि उनले बताए। ‘९० प्रतिशत थाङ्का नेपालबाट नै विश्वका अन्य स्थानमा जान्छन्,’ उनले भने।

उनले कसैले थाङ्का बनाउन सिक्न आए सित्तैमा सिकाइदिने पनि बताए। ‘थाङ्का बनाउने मान्छेहरु रित्तिँदै गएका छन्, कसैले थाङ्का बनाउन सिक्न आए म सित्तैमा देखाइदिन्थेँ,’ उनले भने।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?