
काठमाडौं- विश्वकप अघिको दोस्रो तथा अन्तिम वार्मअप खेलमा अमेरिकाले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने खेलमा नेपाल विश्वकप अघि पहिलो खेल जित्दै आत्माविश्वासको साथ विश्वकप अभियान सुरु गर्ने लक्ष्यमा रहेको छ।
यसअघि नेपालले आइसीसीको आधिकारीक अभ्यास अन्तर्गत सोमबार भएको पहिलो खेलमा क्यानाडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा मंगलबारका लागि तय अमेरिका र बंगलादेशबीचको वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई २-१ ले हराएको थियो।
विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।