युएई र यमन विरुद्ध साउदीमा हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा

युएई र यमन विरुद्ध साउदीमा हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा
+
-

काठमाडौं- विश्वकप फुटबलको छनोट अन्तर्गत युएई विरुद्धको दोस्रो खेलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ। साउदी अरबमा हुने युएई र यमनसँगको खेलका लागि २३ सदसीय टोलीको घोषणा गरिएको हो। आइतबार राति साउदी प्रस्थान गर्न लागेको टोलीको घोषणा गरिएको हो।

टोलीमा आयुष घलान फर्किदा इंग्ल्यान्ड भ्रमण गुमाएका अन्नत तामाङ पनि युएई विरुद्ध टिममा परेका छन्। घलान प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने टिममा समावेश भएका हुन्। त्यस्तै नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन्।

बन्द प्रशिक्षणबाट सन्तोष महत, अजय चौधरी, योगेश गुरुङ, फत्तेमान घले, रोहन कार्की समिर तामाङ,अञ्जन विष्ट, दिनेश हेन्जन बाहिरिएका छन्। अञ्जनले चोटका कारण नाम फिर्ता लिएका हुन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल नहुने जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेपछि न्युट्रल भेन्युका रुपमा साउदी अरबमा खेल हुन लागेको हो।

२४ जेठमा युएईविरूद्ध दोस्रो चरणको खेल नेपालले साउदी अरबमा खेल्ने छ। खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुने छ। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदीमै खेल्ने कार्यतालिका रहेको छ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो। नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो। विश्वकप छनोटमा गोलविहीन रहेको नेपाल कम्तिमा गोलको खोजिमा रहेको छ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?