टी-२० विश्वकप: श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

टी-२० विश्वकप: श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित
+
-

टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आफ्नो टी-२० विश्वकप इतिहासकै कम स्कोर बनाएको खेलमा श्रीलंकामाथि दक्षिण अफ्रिकाले सहज जित हासिल गर्‍यो।

सोमबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ७७ रनमा अलआउट भयो। श्रीलंकाको यो टी-२० विश्वकपमा सर्वाधिक कम स्कोर समेत हो। यसअघि २०१० मा भएको टी-२० विश्वकपमा श्रीलंका अस्ट्रेलिया विरुद्ध ८७ रनमा अलआउट भएको थियो। जुन श्रीलंकाको कमजोर टी-२० विश्वकपका रुपमा रहेको थियो।

न्यूयोर्कको नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाका कुनैपनि ब्याटरले २० रन भन्दा माथिको स्कोर बनाउन सकेनन्। ५ बल बाँकी हुँदै अलआउट भएको श्रीलंका केबल ७७ रनमा समेटियो। उसका लागि कुशल मेन्डीसको १९ रन सर्वाधिक रह्यो। त्यस्तै एन्जेलो म्याथ्युजले १६ रन बनाउँदा कुशल मेन्डीसले १९ र कमिन्डु मेन्डीसले ११ रन बनाए।  दक्षिण अफ्रिकाका लागि एनरिच नोर्तजेले ४ विकेट लिंदा कागिसो रबडा र केशब महाराजाले २-२ विकेट लिए।

७८ रनको कमजोर लक्ष्य लिएर मैदान उत्रिएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि क्विन्टन डिककले २० रन बनाएँदा हेनरिच क्लासेन १९ रनमा अविजित रहे। त्यस्तै एइडेन मारक्रमले १२ रन बनाउँदा त्रिस्टन स्टब्सले १३ रन बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?