भारतीय निर्वाचन: ‘अब कि बार अस्थीर सरकार’

भारतीय निर्वाचन: ‘अब कि बार अस्थीर सरकार’
+
-

नयाँ दिल्ली- अति आत्मविश्वास र दर्जनौँ एक्जिट पोलले मतगणनापूर्व नै कमसेकम दुई तिहाइ स्थानमा विजयी घोषित भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सत्ताको अनिश्चिततातर्फ उन्मुख देखिएको छ।

मंगलबार बिहानदेखि भइरहेको मतगणनाको  स्वरुप वा प्रकृति हेर्दा भारतीय जनता पार्टी २४० को हाराहारीमा र उसका अन्य सहयोगी दलहरु अर्काे ५० अंक आसपास स्थिर देखिएका छन्। यद्यपि मतगणना पूरा हुन अझै केही घण्टा लाग्ने छ।

कुल ५४५ सदस्यीय भारतीय लोकसभाको निर्वाचन अप्रिल १९ देखि सुरु भई जुन ४ मा  मतगणना सुरु भएको हो।

‘अब की बार ४०० पार’को नारा र आत्मविश्वासका साथ चुनावी मैदानमा कुदेको एनडिएले वास्तवमा एक्जिट पोल ४ सयकै आसपास स्थानसहित विगत दुई दिनदेखि अनौपचारिक विजय उत्सव मनाइरहेको थियो।

मतगणनाको परिणामअनुसार सबभन्दा बढी संख्याको उत्तर प्रदेश, महाराष्ट्र, राजस्थान र तमिलनाडु भाजपाबिरुद्ध गएको छ। उत्तर प्रदेशमा सन् २०१९ को चुनावमा ८० मध्ये ६३ स्थानमा विजय हासिल गरेको भाजपा  पछिल्लो गणनामा ४० देखि ४३ बीच स्थीर देखिन्छ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका कतिपय प्रस्तावित उम्मेदवार छुटाई केन्द्रीय नेतृत्व खास गरी प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टी अध्यक्ष जेपी नड्डाले परिवर्तन गरेकाले प्रदेशमा पार्टीभित्र व्याप्त असन्तुष्टिसँगै यसपल्टको निर्वाचनमा राजपूत/क्षेत्रीहरुलाई अपमानित ढंगले टिकटबाट वञ्चित गरिनु र अन्त्यमा प्रधानमन्त्री मोदीको भाजपाको भातृसंगठन मानिने राष्ट्रिय स्वयंसेवक संगठन (आरएसएस) सँगको टक्कर मुख्यरुपमा भाजपाको ओरालो यात्राको कारण मानिएको छ। त्योसँगै प्रतिद्वन्द्वी कांग्रेस नेतृत्वको गठबन्धन भाजपालाई टक्कर दिन सफल भएको छ।

५४३ सदस्यीय लोकसभामा सामान्यतया: २७२ भन्दा बढी आएमा एनडिए या आफ्नै एकल बहुमतबिना पनि सबैभन्दा ठूलो पार्टीका रुपमा भाजपालाई सरकार गठनका लागि राष्ट्रपतिले बोलाउने परम्परा भए पनि उच्च तहका नेतात्रय अर्थात मोदी, शाह र नड्डाको राजनीतिक यात्रा कठिन देखिन थालेको छ।

मंगलबार साँझ भाजपाको केन्द्रीय कार्यालय पुगेका मोदीले अगाडिको राजनीति हौसला र जिम्मेवारीका साथ अगाडि लैजानुपर्ने सन्देश दिए पनि पार्टी र सरकारलाई आफ्नै ढंगले अघि बढाएको आरएसएसदेखि पार्टीका नेताहरुलाई अपमानित गरेको आरोप अब औपचारिक रुपमा उठाउन पनि पार्टीभित्र तयारी सुरु भइसकेको छ।

जारी मतगणनामा अग्रस्थानमा रहेका एक पूर्वमन्त्रीका अनुसार भाजपाको यसपल्टको संसदीय दल नेतृत्वको चुनावमा यी विषयहरु उठ्ने छन्। मोदी स्वयंले नेतृत्वबाट हटी अर्को कसैलाई पार्टीभित्रैबाट समर्थन गरेनन् भने एनडिए गठबन्धनमै तलमाथि हुने र गैरभाजपा गठबन्धनले नयाँ रुप पाउनेसमेत हुनसक्छ।

अति उत्साहित भाजपासँग आबद्ध भारतबाहिरका केही संस्थाहरुले वास्तवमा मतगणनाको नतिजा औपचारिक रुपमा आफ्नो पक्षमा आउने निष्कर्षका साथ विजय उत्सव मनाउने कार्यक्रमको घोषणा गरेका थिए।

नेपालस्थित फ्रेन्ड्स अफ बिजेपीका पंकज दासको नाममा जुन ३ मा बाँडिएको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ग्रान्ड भिक्ट्री’ मनाउन जुन ४ तारिख राति ७ बजे र्‍याडिसनमा उपस्थित हुन पाहुनाहरुलाई आग्रह गरिएको थियो।

राष्ट्रपति द्रौपद्री मुर्मुले सबभन्दा ठूलो दलको संसदीय पार्टीका नेतालाई सरकार गठन गर्न आह्वान गर्ने प्राय: निश्चित भए पनि भाजपा एनडिए गठबन्धनसँगै करिब २४० कै हाराहारीमा संसद्मा उपस्थित हुने संकेत देखाएको कांग्रेस नेतृत्वको गठबन्धन र दुवै गठबन्धनसँग नजोडिएका अन्य दलहरुका निर्णयले निर्णायक अर्थ राख्नेछन्।

तर मोदीको नेतृत्वको विकल्पबारे विगत १० वर्षमा सामान्य रुपमा समेत भाजपामा प्रसंग नउठेकाले आगामी एक सातामै त्यो सिलसिला फरक ढंगमा अगाडि बढ्नेबारे पनि व्यापक सम्भावना देखिन्छ। तर सम्भवत: विगत २४ वर्ष अर्थात अटलबिहारी वाजपेयीको एक कार्यकाल, मनमोहन सिंह र नरेन्द्र मोदीको २–२ कार्यकालपछि भारत फेरि अस्थीर गठबन्धनको चरणमा प्रवेश गरेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’