
काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्न लागेको नेपालको प्लेइङ ११ सार्वजानिक भएको छ। नेदरल्यान्डका कप्तानले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।
वर्षाका कारण मैदान भिजेका कारण टसमा केही ढिलाइ भएको थियो। खेल केही समय पछि सुरु हुने छ। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्।
नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ। नेपालले सागर ढकाललाई पहिलो रोजाईको स्पिनरको रूपमा मैदान उतार्न लागेको छ।
यस्तो छ नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साहा, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अभिनास बोहरा