एनभिए कप भलिबल: हेल्प नेपाल र नेपाल पुलिस च्याम्पियन

एनभिए कप भलिबल: हेल्प नेपाल र नेपाल पुलिस च्याम्पियन
+
-

काठमाडौं- आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला लिग भलिबलमा पुरुष तर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस च्याम्पियन बनेका छन्। शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो।

हेल्प नेपालले उपाधि जित्ने क्रममा गण्डकीलाई २५-२२,२५-२०, २०-२५ र २५-२० ले पराजित गर्‍यो। गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ। लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने आफ्नो लयलाइ कायम राख्न असफल भयो।

त्यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ। पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो।

पुलिसले एभरेष्टलाई २५-२१, २५-२३, २०-२५, २०-२५ र १५-१२ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो। पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो। प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?