
सिमकोट – जिल्लास्थित हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मर्न सुरु भएको छ। एक महिनायता २३ भेडा मरेका छन्।
हालसम्म हिमा गाउँपालिकाका किसान वीरबहादुर शाही १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाहीका चार वटा, जिर शाहीका तीन वटा भेडा मरेका हुन्।
किसान शाहीले हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन्। भेडामा पातलो दिशा हुने ज्वरो आउने, काप्ने र मर्ने समस्या भएको छ।
यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले जनाएका छन्। जुम्लाका भेडामा देखिएको रोगको वारेमा हालसम्म जानकारी भएको छैन। हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताए।
औषधि सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ। औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो छ। भेडा मर्न थालेपछि अहिले भेडा कालाकाटियातिर सारिएको किसानले जनाएका छन्।
यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले ग¥यो भने आवश्यक औषधि पठाइदिने बताएको छ। कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरी उपचार गरिने र औषधि पठाइने बताएका छन्।