मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छः सिके राउत

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छः सिके राउत
+
-

काठमाडाैँ – जनमत पार्टीका अध्यक्ष डा‍. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्येक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन्।

नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्न शासकीय स्वरुपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा व्यक्त गरे। उनले संसदलाई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने बताए।

उनले  भने, ‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो। यो धेरै ठूलो उपलब्धि हो। धेरै सकारात्मक परिवर्तन हो। यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरुलाई हामी धन्यवाद पनि दिन्छौं। तर देशले अहिले के भोगीराखेको छ भने एउटा अस्थिरताको शिलशिला सुरु भयो। म पटकपटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री होकि होइन भनेर सोच्नुपर्ने हुन्छ। त्यतिधेरे अस्थिरताको वातावरण छ। र प्रदेश सरकारहरु पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ। यस्तो खालको अस्थिरताको वातारण यहाँ छ। त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं। संसदमा ह्वीप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन।’

अध्यक्ष राउतले संसदमा ह्वीप लागू गर्ने कुराले सांसदहरुलाई स्वविकीय ढंगले कानून निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्कसमेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?