प्रधानमन्त्री दाहाल–ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल–ओलीबीच भेटवार्ता
+
-

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भईरहेका बेला उनीहरुबीच बुधवार अपरान्ह सिंहदरबारमा भेट भएको हो।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी एमाले सांसदहरुले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरुले माग गर्दै आएका छन् ।

ओलीले भने, ‘भेट राम्रो भयो ।’

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा .माओवादी केन्द्र)को शिर्ष नेताद्वय दाहाल र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?