शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्छः उपप्रधानमन्त्री श्रेष्ठ

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्छः उपप्रधानमन्त्री श्रेष्ठ
+
-

काठमाडाैँ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन्।

काठमडौंमा बिहीवार डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको बताए।

उनले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए।

उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए। उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विकास र समृद्धिको प्रक्रियालाई तिब्र बनाउनुपर्ने बेला भएको बताए।

उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ। शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार हामीले गरिसकेका छौँ। राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनःस्थापना गर्ने कार्यभार पूरा गरेका छाँै। तर अहिले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ। हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ। त्यसकारण शान्ति प्रक्रियाको काम अझै पूरा भएको छैन भनेर बाँकी राखिरहने स्थिति जो वर्षौंसम्म पनि नेपालमा रह्यो, त्यसलाई अब बाँकी रहन दिनु हुँदैन, राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने हुन्छ। आर्थिक विकास र समृद्धिको कार्यभार छ। त्यो हामीले पूरा गर्नुपर्ने हुन्छ। यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्छ। र सामाजिक आर्थिक रुपान्त्रण गर्नुपर्छ। विकास र समृद्धिको प्रक्रियालाई तिब्र पार्नुपर्छ।’

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज एशिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतीको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताए। चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए। उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?