
मुगु – सोरू गाउँपालिका–७ कुलाहाँ निवासी सुमिता कामीले ब्याबसायिक केरा खेती शुरू गरेपछि उत्पादित केरा बेचेर मनग्य आम्दानी गरेकी छन्। स्थानीय रैथाने जातका केरा खेती बाट उत्पादित केरा बेचेर कामीले घर खर्च धानेको बताईन्।
श्रीमान् गाडी चालक भएकाले घरमा नआउने र घरको सबै खर्च यही केरा बेचेर धान्ने गरेको समेत कामीले बताईन।
मुगुको सदरमुकाम गमगढी बाट सोरू गाउँपालिका जाने कुलाहा सडक खण्ड नजिकै केरा उत्पादन गरेकाले स्थानिय रैथाने जातका केरा किन्न मानिसहरू घरमै पुग्ने गरेका र अत्यन्तै स्वादिलो भएकाले काँचो केरा समेत खरिद गरेर लैजाने केरा उत्पादक कृषक कामीको बताईन। प्रति गोटा केराको रू २० मा बिक्री हुने गरेको बताईएको छ। त्यहाँ उत्पादित केरा सोरूकोट र गमगढी समेतमा बिक्री हुने गरेको छ।
केरा खेतीको प्रवल सम्भावना रहेका सोरू भेगमा स्थानीय रैथाने जातका केरा खेती गर्ने नमुना केरा उत्पादक कृषकको रूपमा परिचित कामीले भनिनन् केरा खेतीमा लागेको धेरै समय भयो अहिले सम्म कुनै संघ संस्था र सरकारी निकाय बाट सहयोग नपाएको गुनासो सुनाईन्।
ब्यसायिक केरा खेतीको अनुगमन गर्दै जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले यति राम्रो स्वादिलो रैथाने जातको केरा खेती शुरू गरेकोमा कृषक कामीलाई धन्यवाद दिनु भयो । आबश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने समेत संयोजक कार्कीले आसोसन दिएका छन्।
ब्याबसायिक केरा खेतीको प्रवल सम्भावना रहेको सोरू भेगकमा युवाहरूले केराखेती गर्ने सके बेरोजगार भएर बस्नु नपर्ने कामी एउटा प्रणाकी श्रोत बनेकी छन्।