
काठमाडौँ- दक्षिण अफ्रिका विरुद्ध कीर्तिमान बनाउने अवसरमा रहेको नेपालले संयमित ब्याटिङ गरिरहेको छ। दक्षिण अफ्रिकाले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेख ३४ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन दिपेन्द्र सिंह ऐरी क्रिजमा आएका छन्।
त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट हुँदा अनिल साहा तेस्रो विकेटका रुपमा २७ रन बनाएर पेभिलियन फर्किए। त्यसअघि आठौं ओभरमा कुशल भुर्तेल र रोहित पौडेल आउट भएका थिए। दक्षिण अफ्रिकाका लागि ताब्रिज साम्सीले २ विकेट लिंदा एइडन माक्रमले १ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले १ सय १६रनको लक्ष्य पाएको थियो।
उत्कृष्ट ब्याटिङलाईनअप भएको दक्षिण अफ्रिका विरुद्ध नेपाली बलरहरुले कसिलो बलिङ गर्दा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो। दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिचले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ट्रिस्टन स्टब्सले २७ रनको अविजित इनिङ खेले। त्यस्तै क्विन्टन डिककले १० रन बनाउँदा कप्तान एइडन माक्रमले १५ रन बनाए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ३ विकेट लिंदा कुशल भुर्तेलले १९ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएपनि विकेट लिन भने सकेन्न।