संवैधानिक व्यवस्था अनुसार असार १ गते आज सातै प्रदेशले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दैछन्। कर्णालीले ३१ अर्ब ४१ करोड, लुम्बिनीले ३८ अर्ब ९७ करोड, कोशी ३५ अर्ब २७ करोड, गण्डकीले ३२ अर्ब ९७ करोड र शुदूरपश्चिम प्रदेशले ३१ अर्ब ६२ करोड हाराहारीको बजेट बिनियोजन गरेको सम्बन्धित प्रदेश सरकारले जनाएका छन्।
000
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्। शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन्।
000
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएकाःछन्। लामिछाने चिया पसलहरुमा पनि सय दिनको उपलब्धि सोध्ने तर आफूले नराम्रो केही पनि नगरेको भन्दै टक्टकिए। शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले रास्वपासँग आम नागरिकहरुको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे।
000
रास्वपाका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका हुन्। रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा शनिबार आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाब दिएका हुन्।
000
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्कोमा लागेको बताएका छन्। शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र बिग्रिनुको जिम्मेवारी नलिएको र जसरी हुन्छ प्रधानमन्त्री बनिराख्ने खेलोफड्कोमा मात्रै लागेको बताएका हुन्।
000
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्। भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए। उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताएका छन्। उनले इलाममा उपनिर्वाचनका समयमा मौन अवधिमा रास्वपाविरुद्ध अफवाह फैलाइए पनि चिर्न कार्यकर्ता नहुँदा असहज अवस्था आएको बताए। उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए।
000
बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको घटनाको अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
000
चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ। बेइजिङले अनलाइन प्रकाशित गरेको नियमअनुसार चीनको तटरक्षकले शनिबारदेखि सीमा प्रवेश र निकासको व्यवस्थापन उल्लङ्घन गरेको शङ्कामा विदेशीहरूलाई हिरासतमा लिन सक्नेछ।
000
र दक्षिण अफ्रिका विरुद्ध कीर्तिमान बनाउने अवसर पाएको नेपाल अन्ततः एक रनले पराजित भएको छ। शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय १४ रनमा समेटिंदा एक रनले पराजित हुन पुगेको हो।