युरोकप: इटाली र स्पेनको विजयी सुरुवात, यमलको कीर्तिमान

युरोकप: इटाली र स्पेनको विजयी सुरुवात, यमलको कीर्तिमान
+
-

काठमाडौँ- युरोकप फुटबल अन्तर्गत शनिबार राति भएकको खेलमा साविक च्याम्पियन इटाली र उपाधि दाबेदार स्पेनले विजयी सुरुवात गरेका छन्।

शनिबार राति भएको समूह ‘बी’ को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० ले पराजित गर्दा अर्को खेलमा इटालीले अल्बानियालाई २-१ ले हरायो। जर्मनीको ओलम्पिया स्टाडियोनमा ६८ हजार समर्थकमाझ स्पेनलाई जित दिलाउन अल्भारो मोरटा, फावियन लुइज र डानी कार्भाजालले गोल गरे।

यही खेलबाट स्पेनका युवा स्टार लामिन यमलले नयाँ कीर्तिमान बनाए। उनी १६ वर्षको उमेरमा युरोकप खेल्ने पहिलो खेलाडी बने। साथै उनी कम उमेरमा एसिस्ट गर्ने खेलाडी समेत बने।

खेलको २९औं मिनेटमा स्पेनले अग्रता लिएको थियो। रुइजको पासमा कप्तान मोरटाले अग्रता दिलाए। रुइजले ३२औं मिनेटमा दोस्रो गोल गरे। रुइजलाई बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले बल उपलब्ध गराएका थिए।

यमलकै पासमा डानी कार्भाजालले स्पेनको लागि पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल् गरेका हुन्। दोस्रो हाफा भने दुबै टिमले गोल गर्न सकेनन्। त्यस्तै अर्को खेलमा इटालीले अल्बेनियालाई हरायो।

युरोपियन च्याम्पियनसिपकै सर्वाधिक छिटो गोलको कीर्तिमान बनाएपनि अल्बानियाले जित हासिल गर्न भने सकेन्। उसले नेदिम बरमीले खेलको २३ सेकेन्डमै गोल गर्दै अल्बेनियालाई अग्रता दिलाएका थिए।

तर इटालीले एलेससान्ड्रो बास्टोनीको हेड मार्फत ११ औं मिनेटमा खेल बराबरीमा ल्यायो। पाँच मिनेट पछिनै अग्रता बनाउने क्रममा निकोलो बरेलालले करिब २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?