सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार
+
-

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ। विशेष समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो।

सहकारी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूची पनि तय गरेको छ। संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिबारे जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्य लिने काम गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ।

विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकाय र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीको तथ्य संकलन गर्ने, जानकारी लिने पनि उल्लेख छ।

विगतका सहकारीसम्बन्धी प्रतिवेदन विशेष समितिमा अधिकांश आइसकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएको विशेष समितिका सभापति थापाले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?