
अ
+
अ
अ
-
काठमाडौँ- केही दिन अघि नेपाल भित्रिएको मनसुन अहिले देशभर सक्रिय हुने क्रममा छ। पूर्वी भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिमतर्फ सर्दै आएको छ।
सक्रिय मनसुनी प्रणालीका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ कतिपय स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।
अहिले गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।