
वीरगन्ज – दुई क्विन्टल ७० किलो गाँजा र लागुऔषधसहित पर्सा बाराबाट चार जना पक्राउ परेका छन्। बारा, जीतपुर सिमरा उप–महानगरपालिका–२१ अमलेखगञ्जस्थित नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एन ३०६३ नम्बरको ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा दुई क्विन्टल ७० किलो गाँजा बरामद गरेको थियो।
गाँजासहित ट्रक चालक भारत, थाना रामगढवा, ग्राम धनारदिउलि बस्ने १९ बर्षका अन्तोस कुमार गिरीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।यस्तै पर्साको बिरगंज महानगरपालिका–१६ बाट प्रहरीले लागू औषधसहित कास्कीको पोखरा महानगरपालिका–३ का अनुप थापा क्षेत्री,सरोज राना मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का कुशल मगरलाई पक्राउ गरेको हो।
उनीहरुको साथ बाट प्रतिबन्धित लागुऔषध डाईजेपाम–४० एम्पुल, फेनारगन–४० एम्पुल, नुरफिन–४० एम्पुल बरामद भएको पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले जानकारी दिए।