
काठमाडाैँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन्।
बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्न दिँदै उद्योगमन्त्री भण्डारीले मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको बताए।
उनले निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको उल्लेख गरे। उनले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलिकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको बताए।
उनले सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको बताए। उद्योगमन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने बताए।
उनले भने,‘मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको छ। निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायीत्व र कार्यविधिगत सरलिकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको छ।
सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको छ। बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने र सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी छ।’
उनले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी रहेको बताए।