बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँः रमेश लेखक

बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँः रमेश लेखक
+
-

काठमाडाैँ – का‌ंग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसकेकाे भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए।

उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए।

उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ। यो बजेटको वितरण त्यति उचित छैन। यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो। हामी आशा गरौँ। सरकारले बजेट परिमार्जन गर्नेछ। जुनजुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्नेकुरा जुन प्रधानमन्त्रीले भन्नुभएको छ, यो सकारात्मक कुरा हो। प्रधानमन्त्रीजीले यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्छ। बजेटप्रति सबैको असन्तुष्टि छ। प्रधानमन्त्रीजीले बोल्दा बजेटका प्रति असन्तुष्टि भएको संकेत गर्नुभएको छ। प्रधानमन्त्रीजी ने बजेटप्रति असन्तुष्ट भएको मैले संकेत पाएको छु। उहाँले परिमार्जन गर्नुपर्छ, सबैकुरा मिलेको छैन भन्नुभयो। यति भन्नु भनेको बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको कुरा देखिन्छ।’

प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?