सरकार देश र जनताको पक्षमा छैनः डा. महत

सरकार देश र जनताको पक्षमा छैनः डा. महत
+
-

काठमाडाैँ – कांग्रेस सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन्।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिएको जवाफले पनि सो कुरा प्रमाणित गर्ने बताए।

उनले कार्यविधिमा तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे। यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए।

प्रधानमन्त्री दाहालले तीन करोडभन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्ने कुरा आजको मन्तव्यका क्रममा राखे पनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् र ? भन्दै प्रश्न गरे।

उनले भने, ‘देश जनताको पक्षमा यो सरकार छैन। यसले सक्दैन। आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ। केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो। एक करोडभन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन्। तीन करोडभन्दा तलको खर्बौं नाघ्छ। त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको रु यो सरकार जिम्मेवार छैन।’ उनले नेपाली काँग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?