पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँः गृहमन्त्री

पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँः गृहमन्त्री
+
-

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन्।
बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन्।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए। उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकसँग अन्तरक्रिया गर्ने बताए।

उनले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ। पदको दुरुपयोग गरिएको छैन। पदको सदुपयोग गरिएको छ। आवश्यकताअनुसार सकेको गरिएको छ। बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु। आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु। नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु। बजेट प्रणालीमै समस्या छ। जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमै समस्या छ। छलफल स्वाभाविक छ।’ उनले बजेट निर्माणको प्रणालीमै समस्या रहेको उल्लेख गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?