सुरु हुँदै कोपा अमेरिकाः के छ यो पटक खास, लगातार दोस्रो पटक चल्ला मेसीको जादु?

सुरु हुँदै कोपा अमेरिकाः के छ यो पटक खास, लगातार दोस्रो पटक चल्ला मेसीको जादु?
+
-

काठमाडाैँ – दक्षिण अमेरिकि महादेशीय फुटबल प्रतियोगिता (कोपा) अमेरिकाको ४८ औं संस्करण शुक्रबार बिहानबाट संयुक्त राज्य अमेरिकामा सुरु हुँदै छ। यो पटक दक्षिण अमेरिकीसँगै उतर अमेरिकी राष्ट्रहरु समेटेर प्रतियोगिता आयोजना गर्न लागिएको छ। उद्घाटन खेलमा साविक च्याम्पियन अर्जेन्टिनाले क्यानडासँग नेपाली समय अनुसार विहान ५ः४५ मा प्रतिस्पर्धा गर्ने छ।

यसअघि २०१६ मा कोपा अमेरिकी फुटबल सुरु भएको सय वर्ष पुगेको उपलक्ष्यमा अमेरिकामा प्रतियोगिताको आयोजना भएको थियो। त्यसपछि पुन यो पटक दक्षिण अमेरिका बाहिर प्रतियोगिता हुन्न लागेको हो। कुनैपनि अवसर विना नियमित तरिकाले दक्षिण अमेरिका बाहिर पहिलो पटक प्रतियोगिता हुँदै छ।

विश्वकै पुरानो फुटबल प्रतियोगितामा नयाँ संयोजन

१ सय ८ वर्ष लामो फुटबल इतिहास भएको कोपा अमेरिकामा पहिलो पटक १६ देश सहभागि हुँदै छन्। दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) १० सदस्य राष्ट्र तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ (कोनकाकाफ) बाट ६ गरी कूल १६ टोली कोपा अमेरिकामा सहभागी हुँदै छन्।
यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए। सन् २०२४ को कोपा अमेरिका, महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र कोनकाकाफबीच सहमति भएपछि यस संस्करणमा कोपा अमेरिकाको टिम संख्या बढाएर १६ पुर्याभइएको हो।जसमा दक्षिण अमेरिकी १० राष्ट्र स्वत छनोट भएका हुन् भने कोनकाकाफ नेसन्स लिगबाट ६ टोली टुङ्गो लागेको थियो।

अमेरिकालाई आयोजनाको जिम्मा

२०१६ पछि पहिलो पटक कोपा अमेरिकाले २०२४ को आयोजना गर्दै छ। प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरको मर्सिडिज बेन्ज स्टेडियममा हुने छ। यस्तै फाइनल खेल जुलाई १४ मा फ्लोरिडास्थित हार्ड रक स्टेडिय, मायामीमा हुने कार्यतालिका रहेको छ।

प्रतियोगिता अन्तर्गतका खेलहरु अमेरिकाको १० राज्यको विभिन्न १४ स्टेडियममा खेलाइनेछ । जसमा टेक्ससको तीन, फ्लोरिडा र क्यालिफोर्नियाको २–२ तथा जर्जिया, न्यूजर्सी, नर्थ कारोलिना, अरिजोना, नेभदा, मिसौरी र कान्सास राज्यको एक÷ एक स्टेडियममा खेल हुने छ।

भिनिसियस जुनियर र लियोनेल मेसीका लागि कीन महत्वपूर्ण प्रतियोगिता

यो पटक ब्राजिलियन स्टार भिनिसिय जुनियर र अर्जेन्टिनी स्टार लियोनेल मेसीका लागि महत्वपूर्ण मानिएको छ। कीनकी जुनियर यो पटक बालोन डीओरका दाबेदार हुन् त्यसैले जुनियर उपाधि जित्दै आफ्नो बालोन डिओर लघभग पक्का गर्ने प्रयासमा छन्। कीनकी उनले रियललाई च्याम्पियन्स लिग र लालिगाको उपाधि दिलाउँदा ब्राजिललाई महादेशीय प्रतियोगिताको उपाधि दिलाए। उनका लागि सर्वाधिक सफल वर्षका रुपमा रहने छ।
त्यस्तै साविक विजेता अर्जेन्टिनाका स्टार लियोनेल मेसीका लागि लगातार तेस्रो उपाधि जित्ने अवसर रहेको छ। साथै उनको यो सम्भवत अन्तिम महादेशीय प्रतियोगिता भएकाले मेसीका लागि पनि यो प्रतियोगिता खास मानिएको छ।

कुन समूहमा कुन टोली?
समूह ए ः अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समूह बी ः मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका

समूह सी ः अमेरिका, उरुग्वे, पानामा, बोलिभिया

समूह डी ः ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?