तेस्रो एनओसी अवार्ड आइतबार हुने

तेस्रो एनओसी अवार्ड आइतबार हुने
+
-

काठमाडाैँ – नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार ९ गते आइतवार गर्ने भएको छ।

विश्वभर ओलम्पिक डे जुन २३ मा मनाइन्छ। सोही दिनको अवसर पारेर अवार्ड कार्यक्रम हुने भएको हो। तेस्रो संस्करणको एनओसी अवार्डमा ११ विधामा अवार्ड प्रदान गरिने अवार्ड कमिटीका अध्यक्ष गोपालसुन्दर कक्षपतिले बताए।

एनओसी अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पारा खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक र उत्कृष्ट खेल संघलाई प्रदान गरिनेछ। सञ्चारमाध्यमतर्फ छापा, अनलाइन, फोटो र भिडियो गरी चार विधामा अवार्ड प्रदान गरिनेछ। साथै एक खेलकर्मीलाई एनओसी प्रेसिडेन्टल अवार्ड प्रदान गरिने कक्षपतिले बताए। हरेक विधामा अवार्ड प्राप्त गर्नेलाई ५० हजार प्रदान गरिने जनाइएको छ।

एनओसीमा आबद्ध २७ मध्ये २५ खेल संघले एनओसी अवार्डका लागि आवेदन दिएको र त्यसबाट जुरी कमिटीले विजेता छान्नेछ । कमिटीका उपाध्यक्ष ज्योति राणाको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्तिव रहेको ८ सदस्यीय जुरी कमिटी बनाइएको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई कसरी प्रोत्साहित गर्न सकिन्छ भनेर सन् २०२२ मा एनओसी अवार्ड सुरु गरिएको जानकारी गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?