भोलिदेखि ‘प्रथम नेपाल आँप फेस्ट २०८१ ’ सुरु गरिने

भोलिदेखि ‘प्रथम नेपाल आँप फेस्ट २०८१ ’ सुरु गरिने
+
-

काठमाडाैँ – काठमाडौंमा भोलिदेखि ‘प्रथम नेपाल आँप फेस्ट २०८१ ’ हुने भएको छ। ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ नाराका साथ हुने फेस्ट असार ९ गतेसम्म चल्नेछ।

किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा यो फेष्ट हुन लागेको हो। सर्लाही, सप्तरी, र सिराहाका किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो फेस्टमा प्रदर्शनी गरिनेछ।

फेस्टमा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन्। सबै आँपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्‍याइनेछ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरू मात्र उपलब्ध हुनेछन्। ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा आँप किन्न पाउने व्यवस्था मिलाइएको छ।

यसको प्रमुख उद्देश्य भनेको नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउनु हो। उद्घाटन समारोह असार ७ गते पानीपोखरीस्थित वालनट बिस्ट्रोमा हुनेछ। वालनटसहित काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिननै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिनेछ।

फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टल रहनेछन्, जहाँ ग्राहकले आँपका विभिन्न उत्पादन जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जामलगायत वस्तु पनि पाउन सक्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?