
वीरगन्ज – मधेसमा ब्याप्त रूपमा रहेको दाइजो प्रथाले गर्दा दैनिकजसो मधेसी चेलीबेटी आफ्नै श्रीमानबाट मारिने गरेको
माओवादी नेता एवम मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक मातृका यादवले बताएका छन्।
बिहीबार मोर्चाको केन्द्रिय कार्यालयको बिरगंजमा हुने तीन दिने बिस्तारित बैठकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मधेसको आठ वटा जिल्लामै दाइजोको भयावह अवस्था रहेको बताए।
दाइजोकै कारणले यहाँका छोरी हरु आफ्नै आफन्त घर परिवार बाट असुरक्षित हुनु परेकोले दाइजो प्रथा हटाउन सरकारले नै काम गर्न नसकेको उनले बताए। दाइजो प्रथालाई हटाउनको लागि केही हदसम्म अन्तरजातिय बिबाहलाई पनि मान्नु पर्ने कुरामा यादवको जोड थियोे।
मधेसको अवस्था हेर्दा पहिले देखि अहिलेसम्म नेताहरुले कमाइ खाने भाडो मात्रै बनाउदै आएको आरोप यादवको थियोे। माओबादि जनयुद्ध कालदेखी आफू मधेसी जनताको हक हितका लागि लडाइँ गर्दै आएको स्मरण गर्दै उनले नेता र दलाल पूंजीवादीका कारण मधेसको हालतमा सुधार नभएको प्रतिक्रिया दिए। उनले मधेसी जनतालाई ठग्ने दबाउने हरुको मधेसमा बोलबाला रहेकोले मधेसी जनता झन पछी पर्दै गएको बताए।
बर्तमान बजेटमा मधेसलाई हेपेर एकदमै न्यून बजेट दिइएको भन्ने पत्रकार हरुको प्रशनमा यादवले आफ्नो पार्टी पनि सरकारमा रहेको भएपनी आफुलाइ पनि बजेट चित नबुझेको जानकारी दिए।
धनुषामा पुल बनाउन एक अर्ब एघार करोडको लागतको शिलान्यास आफ्नै पार्टीका अध्यक्ष एवम् बर्तमान प्रधानमन्त्री प्रचण्डले गरेको भएपनी अहिलेको बजेटमा उक्त पुल बनाउन जम्मा चार करोड बजेट छुट्टयाएको बताए। यसरी बजेट दिदा कति बर्षमा पुल बन्ला भन्ने कुरा सबैले बुझ्न सक्ने यादवको कथन थियोे। मधेसी जनताको हक अधिकार प्राप्तिको लागि मोर्चा मधेसमा सयौं गुणा शक्तिका साथ अघि बढने बताउदै यादवले मधेस विभिन्न खाले बिकृतीको अन्तय पनि मोर्चाले गर्ने बताए।