
अ
+
अ
अ
-
वीरगञ्ज- वीरगञ्जबाट सात सय १२ बोरा भारतीय मल पर्सा प्रहरीले बरामद गरेको छ।
तस्करहरूले भारतीय मल भन्सार छली वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका- १६ स्थित बृज किशोर महतोको घरमा खानतलाशी गरेको थियो।
सोक्रममा महतोको घरमा कोठा भाडामा लिएर नवलपरासीको कावासोती नगरपालिका- ९ बस्ने ज्ञानबहादुर महतोले भारतबाट तस्करी गरी ल्याएको ७ सय १२ बोरा भारतीय मल बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
मलसहित महतोलाई पक्राउ गरीआवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको भारतीले बताए।