बेथनचोकमा कविता प्रतियोगिता सम्पन्न

बेथनचोकमा कविता प्रतियोगिता सम्पन्न
+
-

काठमाडाैँ – काभ्रेको बेथानचोक गाउँपालिका–३ मा शुक्रबार एक विशेष कार्यक्रमका साथ गाउँपालिकाव्यापी कविता प्रतियोगिता  सम्पन्न गरिएकाे छ। प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राले आफ्ना उत्कृष्ट कविता वाचन गरेर दर्शकको मन जिते। प्रतियोगिता अत्यन्त उत्साहजनक र प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको थियो।

प्रतियोगितामा कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिनाले ‘ऊ र म’ शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरिन्। उनले आफ्नो कवितामार्फत गहिरो भावनात्मक प्रभाव पार्न सफल भइन्। द्वितीय स्थान ‘मलाई मन छु शीर्षकको कविता प्रस्तुत गरेर सरस्वती माविकी छात्रा उषा श्रेष्ठले हासिल गरिन्, जसले बाल्यकालका सपनालाई समेटेको थियो। तृतीय स्थानमा ‘म को हुँ’ शीर्षकको कवितामार्फत वर्षा तामाङले आफ्नो पहिचान खोजीलाई मार्मिक रूपमा प्रस्तुत गरिन्।

सोनिका सेन्चुरी, इन्द्रबहादुर लोप्चन, डोल्मा तामाङ र सरिता सुनारले सान्त्वना पुरस्कार जिते। निर्णायक मण्डलमा रहेका कवि अभय श्रेष्ठ, विश्व सिग्देल र दीपक सापकोटाले प्रतिस्पर्धी कविताहरूको उत्कृष्टतामा अचम्म माने। कवि विश्व सिग्देलले बालबालिकाहरूका कविता परिपक्व र कुसल शिल्पीले बुनेझैँ रहेको बताउँदै उनीहरूको प्रयासको प्रशंसा गरे।

प्रतियोगिताको दोश्रो सत्रमा बेथानचोकका प्रतिभावान व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिएको थियो। प्रख्यात संगीतकार राजेश थापा मगर र १०ं२ मा विज्ञान संकायतर्फ नेपालभरि सर्वोत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थी रजित दाहाललाई विशेष सम्मान प्रदान गरियो।

सम्मानित व्यक्तित्व र प्रतियोगिताका विजेताहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले दोसल्ला र प्रमाणपत्र प्रदान गरे। अध्यक्ष ढकालले यस्ता कार्यक्रमहरूले बालबालिकाको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न र सिर्जनशीलतालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस किसिमका कार्यक्रमहरूले गाउँपालिकाको शैक्षिक र सांस्कृतिक विकासमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?