
काठमाडाैँ – पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन्।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताए। उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे।
उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए। उनले नेपाली जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताए।
उनले भने, ‘राजनीतिक पुनःगठनमा मलाई के लाग्छ भने वृहत वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा, वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन। हिजो हामीले पुनःगठन गरेका थियौँ। त्यसलाई हामीले जोगाउन सकेनौँ। त्यो विघटन भएको छ। आज नयाँ समीकरण बनेको छ। यो नयाँ समीकरण हुँदै हामी वृहत वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछाँै। भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ। होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छाँै। नेपाली जनता वामपन्थीहरुलाई रुचाउँछन्। वामपन्थीहरुलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन्। त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रुपमा वृहत वामपन्थी एकीकरणर कम्युनिष्ट पार्टीको पुनर्गठन। जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा।’
नेकपा ढमाओवादी केन्द्रण का उपाध्यक्षसमेत रहनुभएका सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताए।