‘स्व’ को पोखरामा गृहविमोचन

‘स्व’ को पोखरामा गृहविमोचन
+
-

पोखरा – साहित्यकार सरस्वती प्रतिक्षाको उपन्यास ‘स्व’ को गृहविमोचन गरिएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठले ‘स्व’ को गृह विमोचन गरेका हुन्।

पुस्तकको विमोचन गर्दै श्रेष्ठले पोखराबाट पाठकमाझ अब्बल पुस्तक आएको बताए। बौद्धिकताको फराकिलो बाटोबाट उपन्यास लेखिएको उनको भनाइ छ। ‘नेपाली आख्यानमा स्वको उपस्थिति दरिलो छ’, श्रेष्ठले भने।

लेखन गनेस पौडेल र साहित्यकार रिता अधिकारीले पुस्तकको परिचर्चा गरेका थिए। कलाकार अनुप बराल र दिया मास्केले उपन्यासको अंश वाचन गरे।
पोखरेली युवा साँस्कृतिक परिवारले ‘स्व’ को गृह विमोचनको चाँजोपाजो मिलाएको हो। गत हप्ताको शनिबार पुस्तकको काठमाडौंमा विमोचन भएको थियो।

सात वर्षअघि प्रतिक्षाले ‘नथिया’ उपन्यास लेखेकी थिइन्। पाठक र समीक्षकको प्रतिक्रियाले हौसिएकी उनको यो दोस्रो उपन्यास हो।
समाज, दर्शन र चिन्तनलाई पुस्तकमा समेटेको सरस्वती प्रतिक्षाको भनाइ छ। बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेखेको उनले बताइन्। बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘स्व’ २९६ पृष्ठ लामो छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?