सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छः वामदेव गौतम

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छः वामदेव गौतम
+
-

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताएका हुन्। उनले अमेरिका, चीन, रुसलगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको दाबी गरे।

उनले भने, ‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ। मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ। जबसम्म नेपालको कृषि भूमि मात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन। अमेरिकालगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ। रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन। भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो। मुख्य उत्पादनको साधन हो। त्यसलाई टुक्राटुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?