सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैनः रक्षामन्त्री उप्रेती

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैनः रक्षामन्त्री उप्रेती
+
-

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताएका हुन्। उनले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताए।

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृङ्खलताको कारणले गम्भीर संकट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताए।

उनले राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तर्जुमा भई प्रक्रियामा अगाडि बढाइएको पनि जानकारी दिए।

उनले भने, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा भौतिक रुपमा हतियार लिएर सीमानामा नेपाली सेना उपस्थित हुने कुरालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार ठीक मानिँदैन र त्यसलाई अर्धसैनिकलाई सीमानामा राख्दै केही दूरीमा नेपाली सेना बसी त्यसको अनुगमन, निरीक्षण गर्दै शान्तिसेनाको र सीमा सुरक्षाको निगरानी गरिरहेको हुन्छ। असमान्य अवस्थामा राष्ट्रिय सुरक्षा परिषद्को निर्णय, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयमार्फत राष्ट्रपतिज्यूबाट घोषणा भएपछि सेना परिचालन हुने हाम्रो संविधानले व्यवस्था गरेको छ। सीमानामै सेना हतियार लिएर बस्नुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय मान्यताअनुसार नमिल्ने हो।’

उनले नयाँ पिढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?