
झापा- झापाको गौरीगञ्ज गाउँपालिका- १ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो १:४५ बजेको समयमा कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका- १ बस्ने ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका- ५ बस्ने २६ वर्षीय इन्द्रप्रसाद तिम्सिनालाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा भट्टराईले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।