
अ
+
अ
अ
-
वीरगञ्ज- प्रहरीले बाराबाट लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बस चालक वीरगञ्ज महानगरपालिका-३२ मुनिलाल प्रसाद रौनियार, सहचालक पर्सा पोखरिया नगरपालिका-२ बस्ने दिपेन्द्र शर्मा र अर्का सह-चालक पर्साकै पकहामैनपुर गाउँपालिका-४ खेस्राहा बस्ने भिम गिरी रहेका छन्।
प्रहरीले बारा, जीतपुर सिमरा उप-महानगरपालिका-२ स्थित सिमरा चोकमा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गरेको थियो।
जाँचको क्रममा चालकको सिटमुनि लुकाइछिपाइ राखेको लागुऔषध खैरो हेराेइन ९ ग्राम ७६० मिलिग्राम बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।