झलनाथ खनाल प्रतिष्ठानले सर्प पाल्दा भ्रष्टाचार भएको ठहर, तत्कालीन मन्त्री विजय यादव पनि दोषी ठहर

झलनाथ खनाल प्रतिष्ठानले सर्प पाल्दा भ्रष्टाचार भएको ठहर, तत्कालीन मन्त्री विजय यादव पनि दोषी ठहर
+
-

वीरगञ्ज-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो।

मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणको काम अघि बढाउन उक्त बजेट दिइएको थियो ।

प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएको थियो। बजेट निकासा भएपनि कामै नगरी करिब १८ करोड रकम हिनामिना भएपछि अख्तियारले विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गराएको थियो।

मंगलबार उक्त मुद्दाको सुनुवाइ गर्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री यादवसहित पाँच जनालाई दोषी ठहर गरेको हो।

दुई जनाले भने सफाई पाएका छन्। दोषी ठहर हुनेहरुमा परिषद्सहित तत्कालीन मन्त्री यादवसहित रेवतीप्रसाद पन्त, नातिबाबु भन्ने नवराज भणडारी, देवेन्द्र राय र निरज भण्डारी रहेका छन्। यस मुद्दामा भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका तत्कालीन सचीव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काले भने सफाई पाएका छन्।

अदालतले दोषी ठहर गरेकाहरुको सजाय निर्धारणको लागि असार २५ गते पेशी तोकेको छ । अख्तियारले ०८० साल असोज २१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?