डिभिजन वन कार्यालय पर्साका प्रमुख साहसहित २४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

डिभिजन वन कार्यालय पर्साका प्रमुख साहसहित २४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
+
-

वीरगञ्ज- हाल डिभिजन वन कार्यालय पर्सा र तत्कालीन डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख रहेका हेमन्तप्रसाद साहसहित २४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

साहसहित २४ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुदाको सुनुवाइ गर्दै बुधबार विशेष अदालतले दोषी ठहर गरेको हो।

डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीको प्रमुख रहेको बेला भ्रष्टाचार गरेको भन्दै डिभिजन वन कार्यालय पर्साको प्रमुख रहेको बेला अख्तियारले साहसहित २४ जनाविरुद्ध ४ चैत ०८० मा भ्रष्टाचार मुदा दायर गराएको थियो।

महोत्तरीमा रहेका बेला तत्कालीन वन अधिकृत साहले रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रूखमा छापा, टाँचा गराई, कटान गर्न इजाजत दिई, वन क्षेत्रको रूख व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रूख कटान गरी भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गराएको थियो।

वन अधिकृत साहसहित २४ जनाविरुद्ध नै जनही ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो। सोही विषयमा अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर सब-डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको थियो।

साहसहित २४ जनालाई विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर,तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले दोषी ठहर गर्दै सजाय निर्धारणको लागि अर्को पेशी तोकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?