
झापा- यस वर्षको एसइई परीक्षामा झापाबाट एक जना छात्राले मात्र ४ जिपीए ल्याएकी छन्।
सिद्धार्थ बोर्डिङ स्कूल दमककी छात्रा कुशिका बस्नेतले ४ जिपीए ल्याएकी हुन्।
कमल गाउँपालिका- ५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कूलबाट एसइई दिएकी थिइन्। उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत विद्यार्थी हुन्।
बुझ्ने भएदेखि नै आफू ‘एमबिबीएस पढ्छु’ भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ।
झापाबाट एक जनाले मात्र ४ जिपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ।