
वीरगञ्ज- हुण्डी कारोबारमा सलंग्न रहेको आरोपमा एक भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला बेतिया ग्राम इनरूवा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसाद कुशवाहा रहेका छन्।
प्रहरीले जगरनाथपुर गाउँपालिका–५ मसियानी स्थित सडकखण्डमा मधेस प्रदेश ०३ ०२६ प ५५९२ नम्बरको मोटरसाईकललाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा मोटरसाइकलको कार्बोरेटमा लुकाई ल्याइएको स्रोत नखुलेको साढे पाँच लाख नगद बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका कुशवाहालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको गिरीले बताए ।