विद्यालय भवन जीर्णः कोठाबाहिरै राखेर पढाइ हुँदा मौसमी समस्या, पढाइ प्रभावित

विद्यालय भवन जीर्णः कोठाबाहिरै राखेर पढाइ हुँदा मौसमी समस्या, पढाइ प्रभावित
+
-

गमगढी – मुगु जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठन प्रकृयामा समस्या हुने गरेको छ। प्रारम्भिक बाल बिकास देखि कक्षा ८ सम्म पढाइ हुने छायाँनाथरारा नगरपालिका –६ कार्कीवाडास्थित श्री आधारभूत विद्यालयमा विद्यार्थी संख्याको आधारमा भवन तथा कक्षाकोठा अपुग हुँदा दैनिक पठनपाठनमा समस्या हुने गरेको हो।

०२७ सालमा स्थापित उक्त विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा विद्यार्थीलाई असहज हुने गरेको प्रधानाध्यापक जङ्गबहादुर शाहीले बताए। करिब ४ सय जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अधिकांश दलित बालबालिका  रहेकाे शाहीले बताए।

पर्याप्त पानी अभावका कारण बालबालिकालाई शाैच गर्नसमेत समस्या भएको र चर्को घाम हावा हुरी र पानी परेका बेला एउटै कक्षामा धेरै बालबालिकालाई राखेर उकुस मुकुसको वातावरणमा पढाइ गर्नुको बिकल्प नरहेको शाहीले जानकारी दिए।

सामाजिक विकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले अहिलेको परिवेशमा सुबिधा सम्पन्न ठाउँमा डिजिटल पद्धतिबाट पढाइ भैरहेका बेला मुगुजस्ता दुर्गम जिल्लामा अध्ययनरत विद्यार्थी आवश्यक पूर्वाधार र कक्षाकोठाको अभावमै पठनपाठन गर्नुपर्दा समान शिक्षा लिने अवसरबाट बालबालिका बन्चित हुनुपरेको बताए।

यस विद्यालयको पूर्वाधार निर्माणका लागि आफूले सक्दो पहल गर्ने पनि कार्यालय प्रमुख बुढाले बताए। विद्यालयको छतमा रहेर बालमैत्री स्थानीय शासनसम्बन्धी विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रममा बिहीबार बुढाले उक्त धारणा व्यक्त गरेका हुन्।

छायाँनाथ रारा नगरपालिका नजिकै पर्ने पुरानो विद्यालय भएको र विद्यालयको सेवा क्षेत्र पनि ठूलो भएकोले सीमित भवनमा बिद्यार्थीको चाप पनि धेरै छ।
कार्कीवाडा, ढुम, सुपाकोट, कालापाल्त, ताल्च, गमगढी बजार,ढुमाललेख लगायतका गाउँहरू विद्यालयको सेवामा रहेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?