
अ
+
अ
अ
-
वीरगञ्ज- प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिने पर्साका शिक्षकलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
नक्कली अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिने जनार्दनप्रसाद कानुलाई अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
उनी विरुद्ध अदालतमा अख्तियारले दायर गराएको भ्रष्टाचार मुद्दाकाे शुक्रबार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दोषी ठहर गरेको हाे।
कानुले पर्सा, धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा नक्कली अध्यापन अनुमतिपत्र पेश गरी नियुक्ति लिएका थिए।
उनीविरुद्ध अनुसन्धानपछि गत वैशाख १० गते विशेष अदालतमा कैद र जरिवाना सजाय हुन मागदाबी लिई अख्तियारले मुद्दा दायर गरेकाे थियाे।