काठमाडौँ – लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताहरुको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौँबाट पक्राउ गरिएको बताए।
उनले पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको बताए।
प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमितिविद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताए।
उनले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमाथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगीसम्बन्धी कसुरमा मुर्दा भएको जानकारी दिए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































