सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको छः अर्थमन्त्री

सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको छः अर्थमन्त्री
+
-

काठमाडाैँ – अर्थमन्त्री वर्षमान पुनले सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरेका छन्।  आईतवार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा भाग लिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले आन्तरिक र वाह्य ऋण लिने मात्रै नभएर सरकारले उठाउने राजश्वबाट सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने गरेको भन्दै ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरे।

उनले आन्तरिक ऋण भुक्तानीको लागि समेत सरकारले हरेक वर्ष बजेटमार्फत प्रर्याप्त बजेट विनियोजन गर्दै आएको बताए। उनले वाह्य ऋणको सावाँ र ब्याजको भुक्तानी गर्दा विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएपनि मुलुकको विदेशी विनिमय सञ्चिति प्राप्त रहेकाले विदेशी मुद्रामा सावा ब्याज भुक्तानी गर्न समेत कुनै समस्या नरहेको बताए।

उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिस अनुसार मात्र आन्तरिक ऋण लिने गरेको बताए। उनले २०८० असार मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको भन्दै २०८१ जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड पुगेको बताए। उनले कुल गार्हस्थ्इ उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४२.०८ प्रतिशत रहेको बताए।

उनले तिर्न बाँकी सार्वजनिक ऋण मध्ये सार्वजनिक ऋण १२ खर्ब ७ अर्ब ८६ करोड अर्थात ५०.३ प्रतिशत र आन्तरिक ऋणतर्फ ११ खर्ब ९२ अर्ब ४८ करोड अर्थात ४९.७ प्रतिशत रहेको बताए। उनले १० वर्षअघि २०७१ असार मसान्तमा सरकारको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ७८ करोड ८७ लाख अर्थात जिडिपीको २४.८ प्रतिशत रहेको भन्दै सो अवधिको सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण ३७।१ प्रतिशत र वाह्य ऋण ६२.७ प्रतिशत रहेको बताए। उनले १६ औं योजनाले २०८६ असार मसान्तसम्म कुल सार्वजनिक ऋण जिडिपीको ३९ प्रतिशत भित्र कायम गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनाले लिएको लक्ष्य बमोजिम सार्वजनिक ऋण परिचालन गर्ने नीति अख्तियार गरेको उल्लेख गरे।

उनले चालु आर्थिक वर्षको जेठसम्म सरकारले आन्तरिक ऋणतर्फ २ खर्ब २५ अर्ब र वाह्य ऋणतर्फ ८२ अर्ब ६७ करोड २८ लाख गरी ३ खर्ब ७ अर्ब ६७ करोड २८ लाख सार्वजनिक ऋण परिचालन गरेको बताए। उनले चालु आर्थिक वर्षको जेठसम्ममा सरकारले आन्तरिक ऋणतर्फ १ खर्ब ६१ अर्ब ६२ करोड ३३ लाख र वाह्य ऋणतर्फ ३५ अर्ब ७० करोड ६४ लाख गरी जम्मा १ खर्ब ९७ अर्ब ३२ करोड ९७ लाख सावा भुक्तानी गरेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?