संसद ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयोः दाहाल

संसद ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयोः दाहाल
+
-

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले संसद ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन्।

आइतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद भए पनि संसद नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरे।

उनले सांसदहरुले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै सांसदहरु ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए। समयमा ऐन, कानुन निर्माण गर्न संसदले ध्यान नदिएकोतर्फ सचेत गराउनु भयो। उनले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताए।

अध्यक्ष दाहालले संसदलाई प्रभावकारी बनाउने सांसदहरूको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुनर्पै रहेको बताए।
उनले सांसदहरुले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?