मुगु – मुगुमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ। आईतवार गमगढी बजार बाट बालै बगरमा फलामे तार जाली लिएर जाने क्रममा लु ५ प ३१४ नंम्वरको ट्याक्टरले एक्कासी ठक्कर दिँदा २ बर्षे बालकको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए।
मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–३ रोकायावाडा चौतारा निवासी राजु रोकायाका २ बर्षका छोरा सुप्रिम रोकाया रहेको प्रहरीले जनाएको छ । साँझ छायाँनाथ रारा वडा नं ३ चौतारा भन्नेस्थानमा आईतवार साँझ ५ बजेर पन्ध्र मिनेट जाँदाको समयमा भएको बताईएको छ । घट्ना हुनासाथ आक्रोशित स्थानीयले ट्याक्टर चालकलाई कुटपिट गरी घाईते बनाएकाे पनि प्रहरीले जनाएको छ।