बहुप्रतिक्षित भिडन्तमा फ्रान्स र बेल्जियम भिड्दै, कस्ले मार्ला बाजी?

बहुप्रतिक्षित भिडन्तमा फ्रान्स र बेल्जियम भिड्दै, कस्ले मार्ला बाजी?
+
-

काठमाडाैँ – युरोपियन च्याम्पियन्सिप फुटबलमा आज जारी युरोकपकै बहुप्रतिक्षित खेलका रुपमा रहेको फ्रान्स र बेल्जियम भिड्दै छन्। विश्वस्तरिय स्टारले भरिएका दुबै टोली उपाधि दाबेदार हुन्। धेरैले यो खेल जित्ने टिमले युरोकपको उपाधि होडमा ठूलो आत्माविश्वास सहित आफूलाई अघि बढाउने मानेका छन्।

दुबै टोली नकआउट चरणको पहिलो स्टेज अर्थात प्रि(क्वाटरफाइनलमै भिड्दा दुइ मध्ये एक टिमको यात्रा यहि समाप्त हुने छ। फिफा विश्व वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा रहेकाले पनि यि दुई टोलीको खेल साँचिकै फाइनल सरह हुने आकलन गरिएको छ।

दुबै टोली जारी युरोकपमा प्रारम्भिक चरणमा आ(आफ्नो समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। स्वभाविक रुपमा यि दुबै टोली शतप्रतिशत जित निकाल्ने आँकलन थियो तर उनीहरुको स्वभाविक प्रदर्शन हुन नसक्दा उपविजेता बन्दै नकआउटमा पुगेका थिए।

विश्व फुटबलमा फ्रान्स र बेल्जियम एक(अर्का विरुद्ध धेरै पटक भिडेका छन्। यी दुई राष्ट्रबीच कुल ७५ खेल भएका छन्। जसमा ३० खेलमा बेल्जियमले फ्रान्सलाई हराउँदा २६ खेलमा फ्रान्सले बेल्जियमलाई पराजित गरेको छ। यि दुइ टोलीबिचको १९ खेल भने बराबरीमा सकिएको छ।

दुइ पटकको च्याम्पियन फ्रान्स पछिल्लो पटक सन् २००० मा उपाधि जितेको थियो। त्यसअघि फ्रान्सले सन् १९८४ मा पहिलो पटक युरोकपको उपाधि जितेको थियो। पछिल्लो पटक फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेपनि पोर्चुगलसँग अतिरिक्त समयमा १(० गोलले पराजित हुँदै प्रतियोगिताको उपविजेता बन्यो।

विश्व फुटबलमा फ्रान्स पछिल्ला चार ठुला प्रतियोगितामध्ये तीनवटाको फाइनलमा पुग्न सफल भएको थियो। फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि पनि जितेको थियो। त्यतिबेला फ्रान्सले फाइनलमा क्रोएसियालाई ४(२ ले पराजित गरेको थियो। सन् २०२२ मा भएको कतार विश्वकपमा पनि फ्रान्स लगातार दोस्रो पटक फाइनल पुगेपनि अर्जेन्टिनासँग पराजित भयो।

बेल्जियम भने बलियो टोलीका बाबजुत युरोपियन च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन्। सन् १९८० मा बेल्जियम युरोकपको फाइनलसम्म पुगेको थियो। त्यतिबेला फाइनलमा बेल्जियमको टोली तत्कालीन पश्चिम जर्मनीसँग २–१ पराजित हुँदा उपविजेतामा सिमित भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?