
अ
+
अ
अ
-
वीरगञ्ज – वीरगञ्जमा रहेको सिद्धार्थ बैंकमा सोमबार अपराह्न आगलागी भएको छ।
आदर्शनगरस्थित बैंकको शाखा कार्यालयमा आगो लागेको छ। बैंकको माथिल्लो तल्लामा आगो लागेको छ। अहिले निभाउने प्रयास जारी रहेको छ।
वीरगञ्ज महानगरपालिकाबाट पुगेको दमकलको सहायताले आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो कसरी लाग्यो भन्नेबारेमा खुल्न बाँकी रहेको तथा घटनाबारेमा थप विवरण आउँन बाँकी रहेको पर्साका प्रहरी प्रवक्ता दिपक भारतीले जानकारी दिए।
वीरगञ्जको मुख्य बाटोमै रहेको बैंकको शाखामा आगलागी भएपछि प्रहरीले बाटोमा आवतजावत बन्द गरेको छ।